विप्लव नेकपासंग वार्ता प्रयास



२९ फागुन २०७६, काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासंग सरकारी वार्ता टोलीले वार्ताको प्रयास गरिरहेको छ। सरकारले खटाएको वार्ता टोली र विप्लव नेकपा प्रतिनिधिबीच केही महिनायता तीनपटक अनौपचारिक कुराकानी भइसकेका छन।

विप्लव नेकपासंग वार्ता गर्न एक वर्षअघि सरकारले पूर्वमन्त्री एवम्‌ नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर सरकारद्वारा पक्राउ गरिएका आफ्ना सवै नेतारकार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वशर्त राखेपछि विप्लव नेकपासंगको वार्ता अघि बढ्न सकेको थिएन। यतिखेर भने उनै सांसद पाण्डेमार्फत वार्ताको पहल भइरहेको छ।

स्रोतका अनुसार पाण्डेले करिब एक महिनाअघि प्रतिबन्धित पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ र दशैं ताका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेका थिए। बाँस्तोला विप्लव नेकपाका पाँच सचिवालय सदस्यमध्ये एक एवम्‌ पश्चिम कमाण्ड इञ्चार्ज हुन्‌। यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्