२९ फागुन २०७६, काठमाडौँ
करिब ३ बर्षको प्रेमपछि आयुष्मान र प्रियंकाले केहीदिन अघिमात्र विवाह गरे । उनीहरुको विवाह निकै भव्यसँग सम्पन्न भयो ।
आयुष्मान र प्रियंका आजभन्दा ३ बर्षअघि मार्च ११ तारिखमा पहिलो पटक भेटेका थिए र त्यसको केहीसमय पछि नै प्रेमी प्रेमिका पनि बनेका थिए । प्रियंकाले हिजो आफूहरुको भेट भएको पहिलो दिनलाई सम्झदैँ आयुष्मानको लागि सामाजिक सञ्जालमा एक मायालु स्टाटस अपलोड गरेकी छिन् ।
उनले आयुष्मानलाई प्रिय श्रीमान भनेर सम्बोधन गरेकी छिन् । उनी लेख्छिन्, ‘मार्च ११ तारिखमा ३ बर्ष अगाडि हाम्रो भेट भएको थियो । त्यसको केही हप्तामै हामी प्रेमी–प्रेमिका बनेका थियौं । म अहिले पनि यो बारेमा सोच्दा लाज मान्छु । मैले यो समयमा यस्तो खुशीको अनुभव गरेँ, जुन त्यस भन्दा अगाडि कहिले पनि गरेकी थिइनँ ।’
प्रियंका अगाडि लेख्छिन्–‘यो तिन बर्षमा हामी ठूलो हुँदै गयौं, समयसँगै हामी परिवर्तन पनि भएका छौं । तर, एउटा कुरा कहिले पनि परिवर्तन भएन । म अहिले पनि हरेक बिहानी तिम्रो प्रेममा डुब्ने गर्छु । अझै गहिराइको साथमा ।’
प्रियंकाको यो पोष्टमा धेरैले कमेन्ट गरेका छन् । अधिकांश कमेन्ट पोजेटिभ छन् । उनीहरुलाई सबैले कमेन्टमा बधाइ दिइरहेका छन् ।