२९ फागुन २०७६, काठमाडौँ
नायिका आँचल शर्मा आज प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक बन्धनमा बाधिदैँ छिन् । करिब १ बर्षदेखि एकअर्काको प्रेममा रहेका उदिप र आँचलले केहीदिन देखि काठमाडौँको पाँचतारे होटलमा विवाहको भव्य तयारी गरिरहेका छन् ।
यी दुईको इन्गेजमेन्ट सँगै संगीत, मेहेन्दीका कार्यक्रमहरु भैसकेका छन् । यस्तै विवाहमा आँचल र उदिपले सिमित चलचित्रकर्मी र आफ्ना आफन्तलाई निमन्त्रणा दिएका छन् ।
आँचल र उदिपले चैत्र १ गते रिसप्सन पार्टी दिने बताएका छन् । जहाँ फिल्मकर्मीका नजिकका साथीलाई आचँलले निमन्त्रित गरेकी छिन् । आँचल र उदिपलाई वैवाहिक जीवनको शुभकामना ।