बलात्कार गरेको आरोपमा हलिउडका ६७ बर्षिया निर्मातालाई २३ बर्षको जेल सजाय



२९ फागुन २०७६, काठमाडौँ

हलिउडका चर्चित निर्माता करिब १ महिना अघि हाबी वाइनस्टीनलाई बलात्कार र यौन उत्पीडनको आरोपमा न्यूओर्कमा पक्राउ गरिएको थियो । उनलाई अदालते २३ बर्षको जेल सजाय सुनाएको छ ।

बुधबार ६७ वर्षीय वाइनस्टीन ह्विल चेयरमा अदालतमा पेश भए जहाँ उनका वकिलले सजायमा छुट गर्न अनुरोध गर्दै पाँच वर्षको न्यूनतम सजाय पनि उनका लागि आजिवन कारावासजस्तै हुने बताए ।

तर उनले लामो समयसम्म महिलामाथि दुव्यवहार गरिरहेको र त्यसको उनलाई पश्चाताप समेत नभएका कारण उनले पुरै सजाय पाउनु माग गरेका छन् । अदालतमा हाबीले आफूले गरेको गल्तीका कारण आफूलाई निकै पश्चाताप भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्