‘कोरोना भाइरस’ का कारण मार्च ३१ सम्म दिल्लीका सबै हल बन्द हुने



३० फागुन २०७६, काठमाडौँ

विश्वभर फैलिरहेको कोरोना भाइरस को संक्रमण भारतमा पनि देखिएपछि यसको प्रत्यक्ष असर बलिउड फिल्म क्षेत्रलाई पनि परेको छ ।

प्रदर्शनको तयारीमा रहेको बलिउड चलचित्रले धमाधम प्रदर्शन मिति पर धकेलिरहेका छन् । यस्तै कोरोना भाइरस को त्रासका कारण दिल्लीका सबै सिनेमा हलहरु मार्च ३१ सम्म बन्द हुने बताइएको छ ।

यसो हुदाँ हाल प्रदर्शनरत रहेको चलचित्र बागी ३ लाई त असर पर्यो नै त्यसबाहेक रिलिजको तयारीमा रहेका चलचित्रले पनि अब हल नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्