‘कोरोना भाइरस’ का कारण पछि सर्यो अक्षय र कट्रिनाको ‘सूर्यवंशी’



३० फागुन २०७६, काठमाडौँ

मार्च २७ बाट प्रदर्शनमा आउने भनिएको निकै प्रतिक्षित चलचित्र सूर्यवंशी अब मार्च २७ मा प्रदर्शनमा नआउने भएको छ । यसको कारण भनेको कोरोना भाइरस को बढ्दो त्रास नै हो ।

भारतमा पनि यसको संक्रमण बढेकाले भटाभट भारतका सिनेमा हलहरु बन्द भएका छन् । यसको प्रत्यक्ष असर सिनेमा क्षेत्रमा देखिएको छ ।

सूर्यवंशी का निर्देशक रोहित सेट्ठीले चलचित्र भन्दापनि जनताको स्वास्थ्य ठूलो भएकाले तत्कालको लागि सूर्यवंशी को रिलिज रोकेको बताएका छन् । अब सूर्यवंशी कहिले रिलिज हुन्छ त्यो भने थाहा छैन ।

सूर्यवंशी तत्काल रिलिज नहुने भएपछि सूर्यवंशी को गीत पनि अब रिलिज नगर्ने निर्माण टिमले बताएको छ । चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्