३० फागुन २०७६, काठमाडौँ
सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) की छोरी सुबिहानी कट्टेलको आज जन्मदिन रहेको छ । छोरीको जन्मदिनमा उनले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा छोटो तर निकै मनछुने स्टाटस लेख्दै छोरीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले लेखेका छन्, बढ्दैछिन् हरेक दिन । हाम्रा लागि सधैं सानी । ज्ञानी छोरी, सुबिहानी । मन मुटुको धड्कनलाई जन्मदिनको करोडौं शुभकामना ।
धुर्मुसले स्टाटसमा छोरीलाई मुटु भन्दै सम्बोधन गरेका छन् । उनले अपलोड गरेको तस्बिरमा ११ हजार बढीले लाइक र लगभग ४ हजारले कमेन्ट गरिसकेका छन् । हाम्रो तर्फबाट पनि सुबिहानीलाई जन्मदिनको धेरै शुभकामना ।