वन माहुरीको टोकाइबाट ६ घाइते



३० फागुन २०७६, काठमाडौं

महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू

घाइते भएका हुन् । घाइते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेका छन् ।

जीउभरि सयौँको सङ्ख्यामा वन माहुरीले टोकेर घाइते बनाएका सबै जनाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्