०१ चैत्र २०७६, काठमाडौँ
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस को प्रत्यक्ष असर सिनेमा क्षेत्रमा पनि परेको छ । प्रदर्शनको तयारीमा रहेका चलचित्रहरु पछाडी धकेलिरहेका छन् ।
यस्तै सरकारले कोरोना भाइरस को त्रास बढ्दै गएकाले दर्शकलाई सिनेमा हलमा नजानको लागि आग्रह गरेको छन् । कोरोना भाइरस को त्रास भिडभाडमा ज्यादा भएकाले सरकारले सिनेमा हलमा नजानलाई सरकारले जनतालाई आग्रह गरेको छ ।
सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोनाको जोखिम न्यूनिकरणका लागि मल्टीप्लेक्स हलहरुले विशेष सावधानी अपनाए पनि अहिले प्रतिक्षीत विदेशी फिल्म हेर्न समेत दर्शक आएका छैनन् । सिंगल थिएटरको अवस्था झन् नाजुक छ ।