दक्षिण अफ्रिकाका राजा दालिन्दयेबो पक्राउ



०१ चैत्र २०७६, काठमाडौं

दक्षिण अफ्रिकाका राजा पक्राउ गरेका छन्।

दरबारमा बञ्चरो लिएर आतंक मच्चाएको आरोपमा प्रहरीले राजा बुयेलेखाया दालिन्दयेबोलाई दक्षिण अफ्रिकी प्रहरीले पक्राउ गरेको हो।

उनी गत वर्षमात्र जेलबाट रिहा भएका थिए। उनी शुक्रबार (हिजो) बिहान बञ्चरो लिएर थेबु रोयल प्यालेसमा प्रवेश गरेका थिए।

बन्चरो लिएर दरबारभित्र पसेका राजा दालिन्दयेबोले आफूले छोरोको खोजी गरेको बयान दिएका बीबीसीले जनाएको छ।

दालिन्दयेबो जेलमा रहँदा उनका छोराले आफूलाई कार्यवाहक राजा घोषित गरेका थिए।

शाही प्रवक्ताका अनुसार उनका छोरा भाग्न सफल भएको बताएका छन्।

तर, उनकी पत्नी भने घाइते भएकी छन् र उनको अस्पतालमा उपचार भइरहेको छ।

अपहरण, उत्पीडन तथा आगजनीको घटनामा संलग्नता भएको आरोपमा दालिन्दयेबोलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो।

तर, राष्ट्रपतिले गरेको एक निर्णयका कारण उनी जेलबाहिर आएका थिए।

५६ वर्षीय दालिन्दयेबो त्यहाँस्थित थेबु समुदायका राजा हुन् जसको पहिलो राजा नेल्सन मण्डेला भएका थिए।

दक्षिण अफ्रिकामा सात आधिकारिक रुपमा घोषित शासक छन् जसले अलग–अलग समुदायको अगुवाइ गर्छन्।एजेन्सी

प्रतिक्रिया दिनुहोस्