नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा भेटघाट



०१ चैत्र २०७६, काठमाडौं

मिर्गौला प्रत्यारोपणपछि शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन्।

शनिबार (आज) बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्नको लागि बालुवाटार नै पुगेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

अध्यक्ष प्रचण्डले प्रत्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको सल्लाहकार थापाले बताए।

उक्त भेटमा अन्य विषयमा खासै कुरा नभएको एक सचिवालय सदस्यले बताएका छन्।

यसअघि अध्यक्ष प्रचण्डले मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन २१ फागुनमा अस्पतालमै पुगेर प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्थाबारे बुझेका थिए।

प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि गत १९ फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्