मुसाको बक्सिङ्ग-पाँच रात लगाएर खिचिएको एउटा तस्वीर



०१ चैत्र २०७६,, काठमाडौं

बाटोमा दुई वटा मुसा खानाको लागि मानिस जस्तै गरी बक्सिङ्ग खेलिरहेको तस्वीर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्।

सो तस्वीर खिच्न उनले पाँच रात लगाएका थिए। उक्त तस्वीरका कारण फोटोग्राफर रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्।

उनको उक्त तस्वीर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्