०१ चैत्र २०७६, काठमाडौँ
बन्दीपुरका होटल व्यवसाथी लालकाजी गुरुङमाथि हात हालेको आरोपमा लोकदोहोरी गायक प्रकाश कटुवालमाथि फागुन ५ गते मुद्धा परेको छ । त्यहि मुद्धा अनुसार उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो ।
५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए । त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो ।
कुरा यतिमै टुङगिएको थिएन । कटुवालले लालकाजीलाई पख्लास् भन्दै त्यहाँबाट हिडेका थिए । त्यहीँ साँझ लालकाजीमाथि केही व्यक्तिले टाउकोमा प्रहार गरेका थिए । यी सबै कुरा प्रहरीलाई लालकाजीकी छोरीले बताएकी ह’न् ।