०१ चैत्र २०७६, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली केहीसमय अघि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनले सात दिन पछि नै संगीत सुन्न थालेको रहस्य बाहिर आएको छ ।
प्रधानमन्त्री ओली संगीतप्रेमी ह’न् । प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणपछि रेखदेखको जिम्मा पाएका प्रा।डा। सुवास आचार्यले प्रत्यारोपणको सात दिनपछि मनोरञ्जनका लागि भनेर दैनिक क्रियाकलापपछि आराम गर्ने समयमा संगीत सुन्ने व्यवस्था मिलाएको बताए ।
उनले भने, ‘ प्रधानमन्त्री ज्यूलाई हामीले दैनिक क्रियाकलापसँगै संगीत सुनाउन थाल्यौ । किनकी संगीतमा उहाँको रुची भएको हामीले देखेका थियौ । उहाँ आफै पनि संगीतका पारखी हुनुहुन्छ । उहाँलाई स्टाफ नर्सहरुले रविन्द्र टेगोरका ‘एकला चलो रे’ बोलको गीत सुनाएका थिए ।’
यो समाचारले अहिले निकै चर्चा पाइरहेको छ । हुन त गीतसंगीत मन नपराउने मानिस कहाँ हुन्छन् र ।