०१ चैत्र २०७६, काठमाडौं
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन्।
नेकपा तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उनले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको बताएका हुन्।
उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताए। मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको पनि बताए।
उनले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिएका थिए।
फाइल तस्वीर