बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु



०२ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोना माहामारीका कारण मर्नेको संख्या २१ पुगेको छ ।

बेलायतका स्वास्थ्य विभाग प्रमुखका अनुसार मृत्यु हुने सबैको कोरोना संक्रमण हुनुअघि नै स्वास्थ्य अवस्था खराब थियो ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ११४० पुगेको छ । चीनको उहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्