आँचलसँग उदिपको दोस्रो विवाह !



०२ चैत्र २०७६, काठमाडौँ

विवाह गरे लगत्तै नायिका आँचल शर्माको आलोचना हुन थालेको छ । उनको नाम कुनै समयमा पल शाहसँग जोडिन्थ्यो । पल र आँचलले एकसाथ धेरै काम गरेका छन् । पल र आँचलको जोडीलाई दर्शकले पनि रुचाउँथे ।

त्यसकारण सबैले उनीहरु बिच प्रेम छ कि भन्ने सोचेका थिए । तर आँचल र पलले एकअर्कालाई सधैँ साथी मात्र मानिरहे ।

यस्तै उदिपसँग आँचलले विवाह गर्ने पक्का भएसँगै पलले आँचललाई इन्ष्टाग्रामबाट अनफलो गरिदिए र आँचलले पनि पललाई अनफलो गरिदिइन् । अहिले उदिपको उनी दोस्रो विवाह भएको खबर बजारमा आइरहेको छ ।

उदिपले आँचलसँग भन्दा पहिले एक विदेशी केटीसँग विवाह गरेको खबर अहिले बाहिर आइरहेको छ । दर्शकले आँचलले पैसाको लागि उदिपसँग विवाह गरेको आरोप लगाइरहेका छन् ।

यो कुरा कत्तिको साचो हो त्यो भने आँचलले मुख खोलेपछि नै थाहा हुन्छ । तर जे भएपनि उनले उदिपसँग निकै धुमधामसँग विवाह गरिन् ।

प्रतिक्रिया दिनुहोस्