०२ चैत २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले २०७६ चैत १ गते प्रदेश अन्तर्गतका ३० विभागका प्रमुख/उपप्रमुखसँग छलफल गरी सबै विभागमा छानिएका प्रमुख लगायतको सपथ ग्रहण चैत १९ गतेभित्र सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।
बैठकमा प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले एकता प्रक्रियालाई छिटो सम्पन्न गरी प्रदेश संगठन कमिटीको महत्वपूर्ण अंगका रुपमा रहेका विभागहरुको सपथ ग्रहण सकी एकता प्रक्रियाको सन्देश टोलटोलसम्म पुर्याउनु पर्ने दायित्व रहेको बताईन् ।
प्रदेश अध्यक्ष नारायण दाहालले ऐतिहासिक अभिभारा बोकेको नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीले सातै प्रदेशमाद नमूना योग्य बन्न प्रदेशका विभागहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा प्रदेश सचिव आनन्द पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने जिम्मेवारी पार्टीको काँधमा आएकोले सो अनुसार अगाडि बढ्नुपर्ने बताए ।
३० विभाग मध्ये अधिकांश विभागका प्रमुख/उपप्रमुख सहभागी रहेको बैठकमा विभागीय प्रमुखहरुले आफ्नो धारणा राखेका थिए ।
बागमती प्रदेश संगठन कमिटीको विभागीय बैठकहरुको सपथ ग्रहण कार्यतालिका :