कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडिओ कन्फेरेन्स् साँझ ५ बजे



०२ चैत्र २०७६, काठमाडौं

दक्षिण एसियाली सहयोग संगठन (SAARC) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार (आज) साँझ कोभिड १९ (कोरोना भाइरस)बारे छलफल हुने भएको छ।

विश्वमा महामारीको रूपमा देखिएको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडिओ कन्फेरेन्स् हुने भएको हो।

साँझ सवा ५ बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडिओ कन्फेरेन्स्मार्फत् कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए।

प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ‘एक्सन रुम’बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्