०२ चैत्र २०७६, काठमाडौँ
नायिका आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग निकै धुमधामसँग विवाह गरिन् । यतिबेला सामाजिक सञ्जालमा उनको विवाहदेखि उनले विवाहमा लगाएका पहिरनसम्मको निकै चर्चा भैरहेको छ ।
आँचल र उदिपले हिजो हायात होटलमा विवाहको रिसेप्सन पार्टीको आयोना गरेका थिए । उनीहरुको पार्टीमा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । आँचलले रिसेप्सनमा १६ लाखको लेहेङ्गा लगाएकी थिइन् । यस्तै उनले रिसेप्सन पार्टीमा गरगहना मात्रै ६० लाखको लगाएकी थिइन् ।
आँचलले लगाएका हरेक गहना हिराको भएको आँचलले बताइन् । उनले जीवनमा विवाह एकपटक मात्र हुने भएकाले विवाहलाई विशेष बनाउन आफूले सक्ने प्रयास गरेको उनले खुलाएकी छिन् ।
आँचलले रिसेप्सनमा लगाएको लेहेङ्गा २ महिना अघिदेखि नै बनाउन सुरु गरिएको थियो । भारतीय डिजाइनरको लेहेङ्गा भएका कारण पनि उक्त लेहेङ्गा बनाउन समय लागेको र त्यसको रकम पनि ज्यादा भएको आँचलले बताइन् । उनले उक्त लेहेङ्गा १६ केजीको भएका कारण आफूलाई हिड्न भने अप्ठ्यारो भएको बताइन् ।