०२ चैत्र २०७६, काठमाडौं
तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रच्ण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुवँर पक्राउ परेका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।
बागलुङका उनलाई अहिले महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ। वृतमा डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका उनलाई शनिबार (हिजो) राति हिसासतमा राखिएको बताए।
“संसद भवनको गेटमै शौचालय छ। उनी त्यहाँ गएका रहेछन्।” डीएसपी रेग्मीले भने, ‘त्यसपछि ल्याइएको हो। मैले छाड्न भनिसकेको छु।’
प्रहरी स्रोतका अनुसार कुँवर शनिबार संसद भवनभित्र पसेका थिए। अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो।
उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले जनाएको छ।
फाइल तस्वीर