०२ चैत्र २०७६, काठमााडौँ
नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हिजे राजधानीको हायात होटलमा भव्य रुपमा रिसेप्सन पार्टी दिएका छन् । उनीहरुको रिसेप्सनमा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । तर जसलाई दर्शकले सबैभन्दा बढी खोजेका थिए उनै कलाकार भने आँचलको पार्टीमा उपस्थित भएनन् ।
नायिका आँचल शर्माको नाम सधैँ नायक पल शाहसँग जोडिएर आउने गरेको छ । उनीहरुको केमेष्ट्रिलाई दर्शकले निकै रुचाउने गरेका पनि थिए । तर केहीसमय अघि आँचल र पलको सम्बन्ध बिग्रिएको खबर मिडियामा आयो र आँचलले आफ्नो प्रेमी पनि सार्वजनिक गरिन् ।
यस्तै इन्ष्टाग्राममा आँचललाई पनि पछ्याएको पलले उनलाई अनफलो गरिदिए । सबैलाई उनी आँचलको विवाहको पार्टीमा किन गएनन् भन्ने लागिरहेको होला । बजारमा त आँचलले पललाई निम्तो नै नपठाएको समेत हल्ला फैलिएको थियो । तर आँचलले पललाई निमन्त्रणा कार्ड पठाएकी थिइन् । यस्तै पलसँगै नायिका पूजा शर्मा पनि आँचलको पार्टीमा उपस्थित भएकी थिइनन् ।
आँचल र पूजाको सम्बन्ध कुनै समयमा राम्रो थियो तर पछि उनीहरुको पनि एक स्टाटसका कारण सम्बन्ध बिग्रियो । वास्तवमा पुजा र पल बिहिबार नै मुक्तिनाथ दर्शनको लागि भनेर काठमाडौँबाट बाहिरिएका थिए । उनीहरुसँगै निर्देशक सुदर्शन थापा पनि मुक्तिनाथ गएका छन् ।
आँचलले निम्तो पठाउँदा पठाउँदै अचानक प्लान बनाएर मुक्तिनाथको लागि पल जादाँ उनीहरुको सम्बन्ध साच्चिकै बिग्रिएको अनुमान सजिलै लगाउन सकिन्छ । तर यसबारे हाल दुवैले भने केही बताएका छैनन् ।