प्रदेश सरकारको गुनासो-‘अस्पताल र कर्मचारी छैनन्, कोरोनाबाट कसरी बचाउने?’



०२ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) रोकथाम र नियन्त्रणबारे संघ सरकारले आयोजना गरेको छलफलमा प्रदेशका मुख्यमन्त्रीहरूले आइसोलेसन वार्ड र क्वारेन्टाइनको प्रबन्ध नभएको गुनासो गरेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वमा महामारीको रुप लिइरहँदा प्रदेश सरकारले सावधानी अपनाउन कठिन रहेको बताएको हो।

आइतबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र केही नगरपालिकामा प्रमुखहरूसमेत सहभागी थिए।

बैठकमा सबैजसो मुख्यमन्त्रीहरूले प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न नसकिएको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्