बैशाखबाट सुरु हुदैँ ‘डान्सिङ विथ द स्टार’, ऋषि धमला पनि प्रतिस्पर्धी



०२ चैत्र २०७६, काठमाडौँ

भारतमा झलक दिखलाजा को नामले परिचित रियालिटी शो अब डान्सिङ विथ द स्टार को रुपमा नेपालमा पनि सुरु हुने भएको छ । लामो समयदेखि यसको लागि सेलिब्रेटीको खोजी भैरहेको थियो । नभन्दै यो रियालिटी शो को लागि सेलिब्रेटी भेटिएका छन् र रियालिटी शो को अफिसियल अनाउन्समेन्ट पनि भएको छ ।

डान्सिङ विथ द स्टार बैशाखको पहिलो साताबाट हिमालयन टेलिभिजनबाट प्रशारण हुने बताइएको छ । यस रियालिटी शो मा जजको रुपमा चर्चित कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र बहुप्रतिभाशाली कलाकार गौरी मल्ल फाइनल भैसकेका छन् भने एक जजको खोजी भैरहेको छ ।

डान्सिङ विथ द स्टार मा प्रतिस्पर्धीको रुपमा गायक बुद्ध लामा, सृष्ट्रि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋर्षि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, अभिनेता अनुप विक्रम शाही, मोडल ज्योति मजर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रुपमा रहेका छन् ।

उनीहरुलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्