०२ चैत्र २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा आगामी ४ चैत्रदेखि दोश्रो किस्ता भत्ता वितरण गरिने भएको छ।
आइतबार (आज) वडा कार्यालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सबैलाई आगामी ४ चैत्रदेखि दोश्रो किस्ता भत्ता लिन सकिने जानकारी दिएको हो।
सूचनामा भत्ता प्राप्त गर्नको लागि वडा कार्यालयसँगै रहेको सेञ्चुरी बैंकमा बिहान ११ बजेदेखि दिउँसा २ बजेसम्म नागरिकताको प्रतिलिपि र भत्ता कार्डसमेत लिएर उपस्थित हुनुपर्ने जनाइएको छ।