भोलिदेखि अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा नदिने



०३ चैत्र २०७६, काठमाडौं

नेपालको राजधानी काठमाडौंस्थित अमेरिकी दूतावासले (भोलि)देखि लागू हुने गरी डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ।

भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर ४ चैत्र मंगलबारदेखि लागू हुने गरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो।

अमेरिकी दूतावासले जतिसक्यो चाँगो भिसा सेवा पुनः सञ्चालन गर्ने जनाएको छ। “यस बखत निश्चित समय तोक्न असमर्थ छौं। एमआरपी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एकवर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहेछ।” दूतावासद्वारा जारी सूचनामा भनिएको छ।

अमेरिकाले अति जरुरीमा तत्कालै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट गर्नका लागि विशेष इमेलको व्यवस्था गराएको छ।

प्रतिक्रिया दिनुहोस्