०३ चैत्र २०७६, काठमाडौं
नेपला कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधी गरेका छन्।
पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका रावलले ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ विषयमा विद्यावारिधी गरेका हुन्।
रावलले राजनीतिशास्त्र अन्तर्गत ‘पोलिटिकल भ्वाइलेन्स् एण्ड द माओइस्ट् इन्सर्जेन्सी इन नेपाल’ विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको हो।
सोमबार (आज) रावलको शोध प्रबन्धको भाइबा थियो। रिसर्च कमिटीका प्राध्यापकमाझ रावलले आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए।
अन्तर्राष्ट्रिय कानूनका जानकारसमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विपक्षमा उभिएपछि झनै बढी चर्चामा आएका थिए।
रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिकशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. मीना वैद्य रहेकी थिइन्।
फाइल तस्वीर