०४ चैत्र २०७६, काठमाडौँ
नायिका बर्षा सिवाकोटीलाई आजभोली विवाहबारे निकै प्रश्न गरिने गरिन्छ । हुन पनि उनी सँगैका नायिकाहरुले धमाधम विवाह गरिरहेका छन् ।
यसपाली नै नायिका ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा लगायतका नायिकाहरुले विवाह गरे ।
बर्षाले यी सबै नायिकाको विवाहलाई मज्जाले इन्जोय गरिन् । तर उनलाई सधै नै विवाह कहिले गर्ने ? भनेर प्रश्न गरिने गरिन्छ । यसबारे बर्षाले अझै ५ बर्ष विवाह गर्ने योजना नरहेको स्पष्ट पारेकी छिन् ।
यस्तै उनले विवाह गर्नुअघि केटा र केटीले विवाहअघि एकअर्कालाई बुझ्न आवश्यक रहेका बताइन् ।