‘हरेक केटीले आफ्नो जीवनमा एकपटक विवाहको सपनाको बुन्छन्’ : आँचल शर्मा



०४ चैत्र २०७६, काठमाडौँ

नायिका आँचल शर्माको विवाहको चर्चा यतिबेला हरेक ठाउँमा भैरहेको छ । उनको विवाहसँगै उनले विवाहमा लगाएको पहिरन र गरगहनाको पनि सर्वत्र चर्चा भैरहेको छ ।

तर उनी नराम्रोसँग ट्रोल पनि भैरहेकी छिन् । धेरैले उनलाई १६ लाखको लेहेङ्गा र ६० लाखको गहना लगाउनु सट्टा केही रकम सामाजिक कार्यमा खर्चेको भए राम्रो हुने बताइरहेका छन् भने पनि त्यति धेरै रकम खर्च गरेर विवाह गर्न आवश्यक नभएको तर्क दिइरहेका छन् ।

यसैबिच आँचलले सामाजिक सञ्जालमा मनछुने स्टाटस लेखेकी छिन् । आँचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस्