नेपाल आएका ४६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइयो



०४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको नयाँ अध्यागमन नीति नमान्ने ४६ जनालाई फिर्ता पठाइएको छ।

राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले परिवर्तण गरेको नयाँ अध्यागमन नीति नमान्नेमध्येको ४६ जनालाई फिर्ता पठाइएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले बताए।

सरकारले ‘कोरोना भाइरस’ भित्रिन नदिनका लागि अध्यागमनसँग सम्बन्धित केही नियम परिवर्तन गरेको छ। परिवर्तन भएका नियम पालना नगर्नेमा धेरै गैरआवासीय नेपाली संघ (एनआरएनए)का सदस्यहरु रहेका अध्यागमनले जनाएको छ।
⇒ नेपाल आएका ३५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता [सूचीसहित]
यस्तै उनीहरुले विभिन्न बहना बनाइ लफडा गर्ने गरेको पनि अध्यागमनले जनाएको छ। सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएको छ।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्नेलाई विमानस्थलबाटै फिर्ता पठाउने क्रम जारी छ।

सरकारले विदेशी नागरिकलाई ‘स्वाब रिपोर्ट’सहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्