नेपाललाई चीनले सोध्यो-‘मास्क र औषधीसहित मेडिकल टोली पठाउनुपर्छ?’



०४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमणबाट सबैभन्दा पहिले प्रभावित बनेको छिमेकी देश चीनले नेपाललाई सहयोग गर्ने बताएको छ।

चिनियाँ दूतावासमार्फत् चीनले नेपाल सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने कुराहरुको लिस्ट् माग गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दवावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार भएको हो।

चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो।

“के नेपाल योबेला चीनको सहयोग र सहायता चाहन्छ? जस्तो कि, नेपाललाई ऊर्जामा सहायता चाहिएको हो? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ? हामी जुनसुकै बेला पनि तप्तर छौं।”चीनले नेपाललाई पठाएको पत्रमा उल्लेख छ।

यस्तै चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ।

तस्वीरमा नेपालका लागि चिनियाँ राजदूत याङ्की। फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्