०४ चैत्र २०७६, काठमाडौं
बुधबार (भोलि)देखि बजारमा एक लाख मास्क जाने भएको छ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार (आज) भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भोलिदेखि बजारमा एक लाख मास्क जाने बताएका हुन्।
यसअघि गत आइतबार र सोमबार मात्रै प्रहरीले करिब ११ लाख थान मास्क बरामद गरेको थियो।
सुपथ मूल्यका पसल सञ्चालन गर्दै सरकार
यसैबीच सरकारले सुपथ मूल्यका पसलहरुसमेत सञ्चालन गर्ने भएको छ।
सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरी पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल बताए।
तस्वीरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट। फाइल तस्वीर।