०४ चैत्र २०७६, काठमाडौं
सरकारले कोभिड १९ (कोरोना भाइरस)को संक्रमण नेपालका एक जनामा पनि नदेखिएको दावी गरिरहेको बेला वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले भने शंकास्पद व्यक्तिमाथि कुनै पनि परीक्षण नभएको बताएका छन्।
‘कोरोना’का विषयमा मंगलबार (आज) राजधानीमा आयोजित एक साक्षत्कारमा बोल्दै डा. दीक्षितले सरकारले परीक्षण नगरी नै कोरोना भाइरसको संक्रमण नदेखिएको दावी गरिरहेको बताएका हुन्।
“हामीलाई के भनिएको छ। यहाँ त आएकै छैन। एउटालाई मात्रै देखिएको थियो। नेपालमा छँदै छैन।” उनले भने, ‘परीक्षण नै नगरेपछि कहाँबाट हुन्छ?’
यस्तै उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावीसमेत गरे।