आज नायिका आँचल शर्माको जन्मदिन, अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेर मनाइन् जन्मदिन



०५ चैत्र २०७६, काठमाडौँ

आज नायिका आँचल शर्माको जन्मदिन हो । केहीसमय अघिमात्र डा. उदिप श्रेष्ठसँग विवाह गरेकी आँचल आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा लागेकी छिन् ।

आँचलले आज आफ्नो जन्मदिन गोकर्णमा रहेको अनाथआश्रममा गएर बालबालिकासँग मनाएकी छिन् । आँचल आफ्नो हरेक जन्मदिन त्यहीँ गएर मनाउने गर्छिन् ।

आँचल उक्त आश्रममा आफ्ना श्रीमान उदिप, उदिपका आमाबुबा र आँचलका आमाबुबासँग पुगेकी थिइन् । संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन सेलिव्रेशन गरेकी हुन् ।

यो केन्द्रमा ४८ जना बालबालिका रहेका छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् ।

यस्तै, आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् । अन्य, समाजसेवाका कामहरु विस्तारै अगाडि बढाउने योजना उनको छ ।

विवाहमा धेरै खर्च गर्नुको सट्टा गरिबहरुलाई दान गरेको भए हुन्थ्यो भनेर आँचललाई धेरैले कमेन्ट गरेका थिए । जन्मदिनमा अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेर आँचलले गतिलो जवाफ दिएकी छिन् । आँचललाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्