‘कोरोना’ नियन्त्रणका लागि सरकारलाई गगन थापाको ११ बुँदे ध्यानाकर्षण



०५ चैत्र २०७६, काठमाडौं

पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगन थापाले कोभिड १९ (कोरोना भाइरस) को जोखिमका सम्बन्धमा सरकारलाई आवश्यक तयारी गर्न भनी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

सांसद थापाले ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’का संयोजक तथा उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन्।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक तयारीमा जुट्न आग्रह गर्दै थापाको अगुवाईमा गत २८ फागुनमा प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो।

सांसद थापाको ११ बुँदे विशेष ध्यानाकर्षण पत्रः

प्रतिक्रिया दिनुहोस्