‘बजारमा कुनै पनि वस्तु अभाव हुँदैन, भए म जिम्मा लिन्छु’



०५ चैत्र २०७६, काठमाडौं

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनै पनि वस्तुको अभाव नहुने र भए पनि आफूले जिम्मा लिने बताएका छन्।

बुधबार (आज) मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधिलगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने समेत बताए।

यस्तै उनले मन्त्रालयले नियमित बजार अनुगमनमा तीव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही पनि गरिरहेको उल्लेख गर्दै मन्त्री राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए।

“पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन। राज्यले अभाव हुन पनि दिँदैन।” मन्त्री भट्टले भने, ‘विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’

प्रतिक्रिया दिनुहोस्