नेपालमा ‘कोरोना संक्रमण’ शून्य-५१० जनाको नमुना टेस्ट्, एकैजनामा पनि देखिएन



०५ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)लाई लिएर नेपालमा चौतर्फी सन्त्रास फैलिरहेको बेला एकैजनामा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार हालसम्म शंकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्