०६ चैत्र २०७६, काठमाडौँ
नायिका, माोडल तथा होस्ट रीमा विश्वकर्मा यतिबेला छुट्टी मनाउन माल्दिभ्स पुगेकी छिन् । हुन त यो समयमा बाहिर जानु त्यति उचित होइन । संसारभर कोरोना भाइरसको त्रास बढ्दै गएकाले सरकारले पनि अत्यावश्यक परे मात्रै बाहिर जान आग्रह गरिरहेको छ ।
तर कमेडी च्याम्पियन को फिनाले लगत्तै रीमा भने माल्दिभ्स पुगेकी छिन् । सामाजिक सञ्जालमा उनले माल्दिभ्स पुगेर स्वीमिङ पुलमा रमाइरहेको तस्बिर अपलोड गरेकी छिन् । धेरै दर्शकले उनलाई यस्तो बेलामा बाहिर किन गएको भनेर प्रश्न पनि गरिरहेका छन् । तर रीमा भने माल्दिभ्स मा आनन्दले छुट्टी मनाइरहेकी छिन् ।