०६ चैत्र २०७६, काठमाडौँ
कोरोनाको असर कलाकारको निजी जीवनमा पनि पर्न गएको छ । बलिउडका चर्चित अभिनेता बरुण धवनले प्रेमिका नताशासँग यहि मे मा विवाह गर्ने बताएका थिए ।
तर कोरोना भाइरस का कारण उनको विवाह नोभेम्बर महिनासम्मका लागि रोकिएको छ । बरुणले नताशासँग थाइल्याण्डमा विवाह गर्ने बताएका थिए भने पछि उनीहरुको विवाह जोधपुरमा सारिएको थियो ।
तर विवाहको मिति सरेसँगै बरुणको विवाह थाइल्याण्डमा नै हुने सम्भावना बढी देखिएको छ ।