०६ चैत्र २०७६, काठमाडौँ
नायिका आँचल शर्माले केहीदिन अघिमात्र प्रेमी उदिप श्रेष्ठसँग प्रेमविवाह गरेकी हुन् । नवविवाहित आँचलको विवाहपछि लुक्स केही परिवर्तन भएको छ । सधैँ क्याजुअल ड्रेसमा देखिने आँचल विवाहपछि रातो सारीमा देखिएकी छिन् ।
सिउँदोभरी सिन्दुर, घाँटीमा मगंलसुत्र लगाउँदा आँचललाई साच्चै नै राम्री देखिएको थियो । आँचलले हिजोमात्र आफ्नो २४ औँ जन्मदिन श्रीमान उदिपसँग मनाएकी छिन् । उदिपले आँचललाई जन्मदिनमा २ लाखको ब्याग उपहार दिएको खबरले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।