०६ चैत्र २०७६, काठमाडौं
सरकारले कोभिड १९ (कोरोना भाइरस)का कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार दिने भएको छ।
सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार (आज) नियमित पत्रकार सम्मेलनमार्फत् सो कुराको जानकारी गराएका हुन्।
“काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ।” मन्त्री खतिवडाले भने।
विभिन्न मुलुकले नेपाली कामदारलाई मुलुक प्रवेशमा रोक लगाएपछि धेरै मानिसहरू प्रभावित भएका छन्।
फाइल तस्वीर