मलाई भिटामिन ‘यू’ को आवश्यकता छ : बर्षा सिवाकोटी



०७ चैत्र २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटी पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै खुल्न थालेकी छिन् । उनी बेला बेलामा सामाजिक सञ्जालमा हट तस्बिर अपलोड गरेर चर्चामा समेत आउने गर्छिन् भने कहिले लबका क्याप्सन लेखेर दर्शकलाई कन्फ्युज पनि बनाउँछिन् ।

उनै बर्षाले हालैमात्र सामाजिक सञ्जालमा केही तस्बिर अपलोड गरेकी छिन् । जहाँ उनी फ्रेस मुडमा देखिएकी छिन् । तर यतिबेला सामाजिक सञ्जालमा उनको तस्बिरले भन्दापनि क्याप्सनले चर्चा पाइरहेको छ ।

उनले क्याप्सनमा लेखेकी छिन्, मलाई भिटामिन यु को आवश्यकता छ । अब उनको भिटामिन यु उनका कोही विशेष व्यक्ति हुन् वा दर्शक त्यो भने उनलाई नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्