०७ चैत्र २०७६, काठमाडौं
कतार सरकारले भीडभाड गरेको भन्दै पक्राउ गरिएको नेपाली कामदारमध्ये १५० जनालाई डिपोर्ट गरेको छ।
उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन्।
कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो। उनीहरु गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए ।
‘कोभिड–१९’ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो।
तनहुँको खैरेनीका नरबहादुर रानाले आफूलाई भलिबल खेलिरहेका बेला कतारी प्रहरीले घेरा हालेर पक्राउ गरेको बताए।
तस्वीरमा कतारबाट डिपोर्ट गरिएका नेपाली कामदारहरु। सौजन्यः महेश्वर नेपाल।