पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट-तीनजना पक्राउ



०७ चैत्र २०७६, काठमाडौं

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले बिहीबार (हिजो) काठमाडौंका विभिन्न ठाउँबाट प्रतिबन्धित विप्लव समूहमा आबद्ध कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहारलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

यसअघि विस्फोट भएकै दिन प्रहरीले मनोहरा सुकुम्बासी बस्तीबाट देवीप्रसाद गुरुङलाई पक्राउ गरेको थियो।

गत २८ फागुनमा भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा कुकर बम विस्फोट गराइएको थियो।

तस्वीरमा निर्माणधिन पूर्वमन्त्री बाँस्कोटाको घर। फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्