अत्यावश्यकबाहेक अदालतका सबै सेवा १५ दिन बन्द



०७ चैत्र २०७६, काठमाडौं

अत्यावश्यकबाहेकका अदालतका सबै सेवा १५ दिनका लागि बन्द हुने भएको छ।

कोभिड १९ (कोरोना भाइरस)बाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यकबाहेकका सबै सेवा १५ दिनका लागि बन्द हुने भएको हो।

सर्वोच्चको फूलकोर्ट बैठकले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको श्रोतले बतायो।

शुक्रबार (आज) सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको श्रोतले बताएको हो।

तस्वीरमा सर्वोच्च अदालत। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्