‘देशवासी’को नाममा सम्बोधन गर्दै प्रधानमन्त्री



०७ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशवासी’को नाममा सम्बोधन गर्दै छन्।

प्रधानमन्त्रीले शुक्रबार (आज) साँझ ५ः३० बजे ‘देशवासी’का नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टटराईले बताए।

कोभिड १९ (कोरोना भाइरस)को प्रकोपलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।

सरकारले यसअघि नै कोरोना संक्रमणलाई न्यूनीकरण गर्न २५ जनाभन्दा धेरै भेला नहुन, शिक्षण संस्था बन्द गर्ने, अन्तर्राष्ट्र्रिय आवातजावात् बन्द गर्ने निर्णय गरिसकेको छ।

तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्