०७ चैत्र २०७६, काठमाडौं
प्रदेश नं. एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार (आज) मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको ‘कोरोना रोकथाम तथा नियन्त्रण समिति’को बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो।
प्रदेश नं. १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्।
तस्वीरमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई। फाइल तस्वीर।