कोरोना कहर : यी १३ देशमा ‘लकडाउन्’



०७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट अहिले विश्वका विभिन्न देशहरुमा लकडाउन् लगाइएको छ।

चीनको वुहान प्रान्तबाट शुरु भएको यो भाइरस अहिले विश्वका सयौं देशहरुमा फैलिइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्व संकटकालको समेत घोषणा गरिसकेको छ।

यस्तै विभिन्न देशहरुले कोरोनाबाट बढी प्रभावित आफ्ना देशका केही स्थानहरुमा लकडाउन् लगाएका छन्।

जसमा चीनको वुहान शहरमा २३ जनवरीदेखि लकडाउन् लगाएको थियो।

त्यस्तै इटालीले गत ८ मार्चदेखि पूरै देशलाई लकडाउन् गरेको छ।

यसैगरी स्पेनले पनि १४ मार्चदेखि लकडाउन् गरेको छ।

त्यस्तै फ्रान्स‚ न्यूयोर्क‚ लसएन्जल्स‚ लण्डन‚ नयाँ दिल्ली र महाराष्ट्रका पाँच शहर मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्र पनि लकडाउन गरिएको छ।

तस्वीरमा चीनमा लकडाउन् लगाइएको बेला लिइएको दृश्य। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्