०७ चैत्र २०७६, काठमाडौं
९ चैत्रदेखि २७ गतेसम्म लामो दूरीका यातायात बन्द हुने भएका छन्।
सो कुराको जानकारी शुक्रबार (आज) साँझ देशवासीको नाममा सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले गराएका हुन्।
प्रधानमन्त्री ओलीले हालसम्म नेपालमा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण नदेखिएको बताउँदै यसबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्नको लागि सरकारले यस्तो निर्णय गर्नुपर्ने बताए।
यस्तै ओलीले दैनिक उपभोग्य वस्तुहरुको सञ्चय गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, शुरुको अवस्थाबाट विषेश तयारी गरेको समेत जानकारी दिए।