‘कोरोना भाइरस आपत्कालीन’ कोषमा नेपालले १० करोड जम्मा गर्ने



०७ चैत्र २०७६, काठमाडौं

नेपालले ‘कोरोना भाइरस’ संक्रण व्यवस्थापनका लागि सार्क कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ।

सो कुराको जानकारी शुक्रबार (आज) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै  गराएका हुन्।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा भएको सार्कस्तरीय भिडियो कन्फेरेन्स्मा भारतले उक्त कोष खडा गर्नुपर्ने प्रस्ताव ल्याएको थियो।

भारतले उक्त कोषमा १ करोड डलर जम्मा गर्ने घोषणा गरेको छ। उक्त कोषमा अन्य सार्क मुलुकहरुले पनि रकम जम्मा गर्ने घोषणा गरिरहेका छन्।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। लाइभबाट प्राप्त तस्वीर।

प्रतिक्रिया दिनुहोस्